मङ्लबार, कार्तिक ९, २०७८

चक्कु प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ

२७ भाद्र २०७३, सोमबार १४:४९

बैतडी, २७ भदौ । चक्कु प्रहारबाट दार्चुलामा आज एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर चक्कु प्रहरबाट घाइते भएका हुन् । घाइते कुँवरको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ ।

अपी नगरपालिका–५ छापरीको कोटमा डेउडा खेलिरहेका बेला आज बिहान ३ बजेतिर दुई समूहबीच झडप भएको बताइएको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाउँकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share