आइतवार, अशोज ३१, २०७८

घुस लिँदालिँदै सव ओभरसियर पक्राउ

४ आश्विन २०७३, मंगलवार १९:३९

काठमाडाैँ, ४ असोज | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको सक्रियतामा घुस लिंदालिँदै टोखा नगरपालिका कार्यालयबाट सब ओभरसियर बुद्धिजंग गुरुङलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

3घुष लिने गुरुङले सेवाग्राहीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाई दिने कामको लागि भन्दै ४५ हजार घुस लिएका थिए । उनको शरीरबाट अख्तियारको टोलीले खानतलासी गर्दा थप  ७१ हजार नगदसहित दुई ओटा एटिएम कार्ड र एक मोबाइल बरामद गरेको छ ।

सव ओभरसियर गुरुङले सानुकाजी महर्जनसँग घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि उक्त रकम लिएको स्वीकारेका छन् । उनले अख्तियारकै अगाडी भनेका छन् ‘मैले उक्त रकम सेवा शुल्क स्वरूप लिएको हुँ ।’ तर अख्तियारका एक अधिकारीले सेवा शुल्कको नाममा त्यसरी रकम लिनु भ्रस्टाचार नै भएको बताए ।

गुरुङलाई रंगे हात पक्राउ गराउन भूमिका खेलेको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले एक बिज्ञप्ति निकाल्दै यस्ता अप्रेशन हरेक जिल्लामा सुरु भईसकेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share