बिहिबार, माघ ६, २०७८

घुससहित अधिकृत पक्राउ

३१ असार २०७३, शुक्रबार १५:४८

काठमाडौँ, ३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै शुक्रबार पक्राउ गरेको छ ।

आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कृषि अनुसन्धान केन्द्र, खजुरा बाँके र कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विधुत् लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा प्राविधिक अधिकृत यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको अनुसन्धान कार्य जारी रहेको आयोगले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share