आइतवार, अशोज ३१, २०७८

गौशाला नगरपालिकामा सडक बत्ती जडान

१ आश्विन २०७३, शनिबार १३:२२

महोत्तरी, १ असोज । गौशाला नगरपालिकाको विभिन्न चोकमा सौर्य सडक बत्ती जडान गरिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगर क्षेत्रका विभिन्न चोकमा २४ वटा सडक सौर्य बत्ती जडान गरिएको हो ।
नगर क्षेत्रको प्रमुख व्यापारीक केन्द्र गौशाला बजारमा १५ र प्रत्येक वडाको मुख्य चोकमा एक÷एक वटा दरले नौ वटा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत शम्भु ठाकुरले बताए ।

सडक बत्ती जडान गरेसँगै रातिको समयमा सडकमा हिँडडुल गर्न सहज भएको स्थानीयबासिन्दा दिनेश साहले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share