बुधबार, मंसिर २२, २०७८

गोली प्रहारबाट एक किशोरीको मृत्यु

२९ जेष्ठ २०७३, शनिबार ०८:१०

डोटी, २९ जेठ । डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ ।

डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । शुक्रबार राति ८ः३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको र भान्सामा हेर्दा युवती ढलेको अवस्थामा फेला परेको एक स्थानीयले बताए ।
एक हप्ता अगाडि मात्रै बिदामा घर आएकी मृतक साँउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन् । गोली पड्केको आवाज आएपछि उनका घरमा पुगेका स्थानीयले तत्काल उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पुर्‍याउन नपाउँदै साँउदको मृत्यु भएको छ । साउँदको पछाडिपट्टिको दायाँ हातको पातामा गोली लागेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
घटना के कति कारण कसले हानेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share