बिहिबार, माघ १३, २०७८

गृहसहित १४ मन्त्रालय कांग्रेसलाई

३० असार २०७३, बिहीबार ०७:२९

काठमाडौं, ३० असार – नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको वर्गीकरण गरी बाँडफाँट गर्ने निर्णय गरेका छन् ।

स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा काँग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ वटा मन्त्रालय लिने सहमति बनेको छ ।

दुई दलबीच भएको आन्तरिक सहमतिपत्रमा मन्त्रालयको संख्यासमेत तोकिएको छ । बाँकी मन्त्रालय भने सरकारमा सहभागी राप्रपा, साना दल र मधेशी दलहरुलाई छुट्याउने सहमतिमा उल्लेख छ ।

उक्त पत्रमा चैत मसान्तसम्म प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाल र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ ।

दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिलाई कांग्रेस केन्द्रिय समितिले समेत अनुमोदन गरेको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share