बिहिबार, माघ १३, २०७८

गृहमन्त्रीद्वारा इलाका प्रशासन कार्यालयको उद्घाटन

७ असार २०७३, मंगलवार १८:४३

कलैया, ७ असार । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार बाराको निर्वाचन क्षेत्र नं १ अन्तर्गत सिम्रोनगढ नगरपालिकामा एक समारोहबीच इलाका प्रशासन कार्यालयको उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले वर्तमान सरकारले जनतालाई सरकारी सेवा सरल, सुलभ तरिकाबाट उपलब्ध गराउन प्रत्येक क्षेत्रहरुमा सरकारी कार्यालयको स्थापना गरिने बताए ।

उनले इलाका प्रशासनको स्थापना सँगसँगै नापी र मालपोत कार्यालयको पनि स्थापना गरिने उल्लेख गरे ।

मन्त्री बस्नेतले राष्ट्रियता, भौगोलिकता, अखण्डता, नेपाली जनताको अधिकार संविधानमा संशोधन नहुने कुरा बताउँदै उनले अङ्गीकृत नागरिकबाट जन्मिएका छोराछोरीको वंशजको नाताले नागरिकता पाउने व्यवस्था पनि संविधानमा गरिएको कुरा बताए ।

सो अवसरमा उनले ज्येष्ठ नागरिक चाद मोहम्मद र युवा धिरजकुमार गुप्तालाई नेपाली नागरिकताको प्रमाणपत्र पनि प्रदान गरे ।

गृहसचिव नारायणगोपाल मलेगोको सभापतित्वमा भएको उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले यस क्षेत्रका जनताले अब सहजरुपमा सेवा पाउने बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share