बिहिबार, माघ ६, २०७८

गृहमन्त्रीको सदनमा जवाफ

२४ असार २०७३, शुक्रबार १६:५४

काठमाडौँ, २४ असार । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा पु¥याउन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताए ।

विनियोजन विधेयक–२०७३ अन्तर्गत गृहमन्त्रालयमाथिको शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सांसदहरुको सुझावलाई दृष्टिगत गरी साधन स्रोतले भ्याएसम्म इलाका प्रशासन कार्यालय विस्तार गरेर लैजान सरकार दृढ रहेको उल्लेख गरे ।

जिल्ला प्रशासनले माग गरेर पठाएको प्रहरी चौकीको स्थापना र स्तरोन्नति हेर्ने हो भने निकै ठूलो जनशक्तिको आवश्यकता देखिन्छ भन्दै उनले आवश्यकतालाई पनि प्राथमिकीकरण गरेर अघि बढिरहेको उल्लेख गरे ।

‘‘भौतिक पूर्वाधार र व्यवस्थापन गर्नुपर्ने जनशक्तिसहितको विषयलाई समावेश गरेर कारागार सुधार कार्ययोजना अघि बढाएको जानकारी दिँदै बन्दीको चापलाई ध्यान दिएर स्रोत साधनको समेत व्यवस्था गर्ने प्रयास भइरहेको छ’’ – उनले भने  ।

गृहमन्त्रालय मातहतका कर्मचारीको सरुवा र पदस्थापनलाई कार्यतालिका बनाएरै अघि बढाउने काम भइरहेको बताउँदै गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई प्रविधियुक्त र जनतामैत्री बनाइने दृढता व्यक्त गरे  । सांसदहरुले राखेकाे  जिज्ञासाले गृहमन्त्रालयका लागि थप बजेटको व्यवस्था र कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्रका विषयमा उठेका प्रश्नलाई आवश्यकताका आधारमा व्यवस्थापन गर्न मन्त्रालय दृढ रहेको बताउँदै उनले राष्ट्रिय अनुसन्धान विभागलाई आधुनिक र राष्ट्रिय आवश्यकताअनुरुप बनाउने प्रयास भइरहेको जानकारी दिए  । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share