मङ्लबार, माघ ११, २०७८

गुरुङको निधनले कल्स्याङ्दी गाउँ शोकमा

९ असार २०७३, बिहीबार ११:०६

वालिङ, ९ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतङ्ककारी हमलामा ज्यान गुमाएका सुकबहादुर गुरुङको शोकको खबरले कल्स्याङ्दी गाउँ शोकमा डुबेको छ ।

स्याङ्जाको कोल्मा–५ कल्स्याङदीका गुरुङ चार महिनाअघि मात्रै सुरक्षा गार्डका रुपमा अफगानिस्तानमा कार्यरत थिए । “विगत ९ वर्षदेखि काबुलमा सुरक्षा गार्डकारुपमा कार्यरत हुनुहुन्थ्यो”, मृतकका साला दुर्गा खरेलले भने, “४३ वर्षीय भिनाजुको बम विस्फोटमा परी मृत्यु भएको खबरले घर परिवारलगायत सिङ्गो कल्स्याङ्दी गाउँ नै शोकमा डुबेको छ ।”

गुरुङ नेपाली सेनामा झन्डै ९ वर्ष कार्यरत रहनुभएको थियो भने त्रिभुवन आर्मी क्लबका खेलाडीसमेत थिए । स्वर्गीय गुरुङकी एक आमा, श्रीमती, एक छोरा र छोरी रहेका छन् । मृतक गुरुङको शव आफन्तले बुधबार बुझेर पोखरा ल्याएको र बिहिबार पोखरामा अन्त्येष्टि गरिने उनका आफन्त दुर्गा खरेलले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share