शुक्रबार, असार १७, २०७९

गुन्डा आरोपितलाई गोली प्रहार गरी पक्राउ

९ असार २०७३, बिहीबार १६:१३

काठमाडौँ, ९ असार । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले बिहीबार दिउँसो एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलार्ई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिए ।

उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ । घाइते राईलाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रहरीसँगको झडपमा उनका अन्य चार/पाँच जना सहयोगी मोटरसाइकल चढी भाग्न सफल भएको खनालले जानकारी दिए ।

राईमाथि ज्यान मार्ने उद्योगलगायत चार/पाँच वटा सार्वजनिक अपराधको मुद्दा रहेको प्रहरीले जनाएको छ ।

उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share