शुक्रबार, कार्तिक ५, २०७८

गायक तथा संगीतकार सुनील बर्देवाको निधन

२९ भाद्र २०७३, बुधबार ०७:५१

काठमाडौं, २९ भदाै । कलेजोको समस्याबाट पीडित गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल पु¥याइएको थियो। sunil-bardewaजब म निद्रामा हुन्छु, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा लगायत थुप्रै गीतबाट चर्चित संगीतकर्मी बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए। तर उनी गायन र संगीतबाट चिनिएका थिए। थुप्रै गीतमा शब्द, संगीत, गितारवादन, एरेन्ज दिएका बर्देवा पछिल्लो समय नयाँ एल्बमको तयारीमा थिए।

मेट्रिक्स नामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवाले साठीको दशकमा चर्चित नवीन के भट्टराई, निमा रुम्बालगायत पप गायकका अधिकांश गीत एरेन्ज गरेका थिए। काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ। छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छन् । उनको पार्थिव शरिरलाई बुधवार बिहान प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रद्धान्जलीका लागि बर्देवाको शव राखिने र बुधवार नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share