बुधबार, मंसिर २२, २०७८

‘गाजलु’ रंगीन गीत रिलिज, छाईन मेनका पनि (भिडियो)

२१ जेष्ठ २०७३, शुक्रबार ०७:१५

यहि जेठ २८ बाट रिलिजको तयारीमा रहेको बर्षकै प्रतिच्छित फिल्म मध्येको एक ‘गाजलु’को होलीवाला रंगीन गीत रिलिज भएको छ । सार्वजनिक गीतमा फिल्ममा सबैजसो लिड कलाकार फिचरिङमा छन् । सार्वजनिक गीतमा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान ऋतिक शाही लगायत सबैजसो योङ्ग स्टार अटाएका छन् । यसअघि सार्वजनिक गीतमा अनमोल र सृष्टि मात्रै छाएका थिए । सार्वजनिक गीतमा शब्द तथा संगीत जैन जेको छ भने स्वर सिवानी मोक्तानको छ ।
रिलिजको दिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई व्यापकता दिईरहेको छ भने पछिल्ला केहि दिनयता मिडियाहरुमा ‘गाजलु’ छाईरहेको छ । रोहित अधिकारीको निर्माण रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हु्न । फिल्मको केहि दिन पहिले मात्रै लण्डनमा गरिएको वर्ल्ड प्रिमियरबाट फिल्मले निकै राम्रो तारिफ भेटेको छ भने सेन्सर वोर्डबाट पनि बिना कुनै दृश्य तथा संवादको छाँटकाँट सहित युनिभर्सल सर्टिफिकेट पाईसकेको छ ।
पछिल्लो पुस्ताका निकै रुचाईएका तथा चर्चित अनि स्टारडम बोकेका युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि जोडिएकै कारण पनि फिल्म चर्चामा छ भने पुर्व कुमारीको कथा उठाएको कारण पनि धेरैको कौतुहलताको विषय बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share