बुधबार, माघ ५, २०७८

गरिबी निवारणको तीस करोड बढी लगानी

२३ असार २०७३, बिहीबार १४:०५

बैतडी, २३ असार । जिल्लामा गरिबी निवारण कोषले अहिलेसम्म आयआर्जन कार्यक्रमका लागि ८७६ सामुदायिक संस्थामार्फत रु ३० करोड २४ लाख ३६ हजार लगानी गरेको छ ।

विसं २०६३ देखि अहिलेसम्म आयआर्जनतर्फ सो रकम लगानी गरिएको बताइएको छ । चालु आवमा मात्रै कोषले आफ्ना ११ वटा साझेदार संस्थामार्फत जिल्लाका विभिन्न ठाउँका सामुदायिक संस्थामा रु चार करोड २५ लाख ६५ हजार लगानी गरेको कोषका कार्य प्रबन्धक रमेशचन्द्र अवस्थीले जानकारी दिए ।

कोषका आधारभूत सिद्धान्तअनुसार जिल्लामा कार्यक्रम सञ्चालन भइरहेका उनी बताउँछन्  । चालु आवमा भौतिक पूर्वाधारतर्फ रु ५७ लाख ९ हजार खर्च भएको छ । गरिबी निवारण कोषले आयआर्जनतर्फ बाख्रपालन, आलुखेती, सिलाइकटाइलगायतका क्षेत्रमा लगानी गरेको छ भने भौतिक पूर्वाधार निर्माणतर्फ सिँचाइ कुलो, साना लघुजलविद्युत् आयोजनालगायतका क्षेत्रमा लगानी गरेको अवस्थीले बताए ।

यस्तै कोषको कार्यक्रममार्फत सञ्चालन भएका सामुदायिक संस्था सहकारीमा परिणत भई आर्थिक कारोबार समेत सुरु गर्न थालेका छन् । दुई सय ८८ वटा सामुदायिक संस्था मिलेर २४ वटा सहकारी स्थापना गरिएका छन् । सामुदायिक संस्थाका सदस्यको आयस्तरमा वृद्धि हुनु, घुम्तीकोषको रकम निरन्तर रुपमा परिचालन हुनु, समुदायमा बीउ पुँजीको स्थापना, बचत गर्ने बानीको विकास, सामुदायिक संस्थाका सदस्यको चेतनाको विकास भइरहेको कोषले जनाएको छ ।

गरिबी निवारण कोषले आफ्ना साझेदार संस्थाको सङ्ख्या कटौती गर्ने भएको छ । आगामी आवमा निश्चित आधार तयार पारेर संस्थाको सङ्ख्या कटौती गर्न लागेको बताइएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share