बुधबार, मंसिर २२, २०७८

गत वर्षभन्दा बढी वर्षा हुने

२० जेष्ठ २०७३, बिहीबार ०६:२९

काठमाडौ २० जेठ-  यो वर्षको मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् । मनसुन अवधिमा पूर्वमा भन्दा पश्चिममा बढी वर्षा हुने पनि मौसमविद्हरूको प्रक्षेपण छ ।
‘पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिममा औसतभन्दा बढी मनसुनी वर्षा हुने अनुमान छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बुधबार कान्तिपुरसित भने, ‘अरू ठाउँमा सरदरमा जति वर्षा हुने हो त्यही अनुपातमा हुने देखिन्छ ।’कान्तिपुर दैनिकमा खबर छ ।

पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविदको भनाइ छ । लामो समयदेखिको खडेरी हटदै गइरहेको र पूर्वतिर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखा पर्ने श्रेष्ठले बताए । महाशाखाका अर्का मौसमविद् बरुण पौडेलले आगामी मनसुन सुखद रहने बताए । ‘केही दिन ढिलो गरी सुरु हुने भए पनि अघिल्लो वर्षभन्दा बढी वषर्ा हुने देखिन्छ,’ पौडेलले भने, ‘अहिलेसम्मको सिस्टम हेर्दा राम्रो वषर्ा हुने देखिन्छ ।’ सामान्यतया नेपालमा जुन १० (जेठ अन्त्य) देखि मनसुन सुरु हुने भए पनि यो वर्ष पनि तीन/चार दिन ढिला हुने महाशाखाको अनुमान छ । गत वर्ष पनि तीन दिन ढिला गरी १३ जुनमा मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मनसुन अवधिभर गत वर्ष धेरैजसो भागमा औसतभन्दा पनि कम वषर्ा भएको थियो ।

केही दिनदेखि भइरहेको वर्षाचाहिँ पि्र-मनसुनी गतिविधि नै हो । गत वर्ष प्रशान्त महासागरको पूर्वी भूमध्यरेखीय क्षेत्रको सतहमा तापक्रम वृद्धि भएर ‘एलनिनो’को प्रभाव देखिएपछि दक्षिण एसियामै मनसुनी वषर्ा कम भएको थियो । हरेक ५ देखि ७ वर्षको अवधिमा एलनिनोको प्रभाव पर्छ । प्रशान्त महासागरमा एकै पटक तीनदेखि चार डिग्रीसम्म तापक्रम बढ्ने हुँदा त्यसको असर मनसुनमै परेको थियो ।
तर, यसै अपि्रलबाट एलनिनोको असर न्यून हुँदै गएका कारण यो वर्ष मनसुन राम्रो हुने आकलन गरिएको हो । श्रीलंकामा गत अपि्रलमा भएको दक्षिण एसियाली मुलुकका मौसमविद्हरूको संस्था ‘साउथ एसियन एसोसिएसन फर क्लाइमेट फोरम’ को सम्मेलनले पनि यो वर्ष दक्षिण एसियामा मनसुन राम्रो हुने अनुमान गरेको थियो ।

गत वर्षको मनसुनमा नेपालसहित भारत र पाकिस्तानमा पनि कम वर्षा भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share