बुधबार, मंसिर २२, २०७८

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

१५ जेष्ठ २०७३, शनिबार १९:४९

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा आज सैनिक मञ्च (टुँडिखेल) मा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।

Rss_Images_1464433624056_RS_KTM_160528_IMG_9199समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले गरेका सङ्घर्ष र जनआन्दोलनको जगमा स्थापित नवौँ गणतन्त्र दिवस मनाइरहँदा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानका क्रममा आफ्नो प्राण आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन तथा आन्दोलनका क्रममा अङ्गभङ्ग हुन पुगेका र घाइते हुनुभएका समस्त योद्धाप्रति उच्च सम्मान प्रकट गरे । प्रधानमन्त्री ओलीले नेपाली जनताले लामो सङ्घर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भका रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन एउटा ऐतिहासिक उपलब्धिको दिन भएको धारणा राखेका छन् । आधुनिक नेपालको मजबुत जग निर्माण गर्ने जनमुखी एवम् लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रूपमा आजको गणतन्त्र दिवसलाई लिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संबिधानले सबै नेपालीलाई समान हक अधिकार प्रदान गरेको बताउँदै  संविधानले राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताए । संविधान कार्यान्वयनसँगै जारी लामो राजनीतिक सङ्क्रमण मूलतः अन्त्य भएको र मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको उनले बताए । समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७३ लेखिएको व्यानर प्रदर्शन गरेको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए । समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको थियो ।  रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share