बुधबार, कार्तिक १०, २०७८

गंगामायाको स्वास्थ्यमा राष्ट्रपतिको चासो

२६ भाद्र २०७३, आईतवार ०८:१९

काठमाडौ २६ भदौ – छोरा कृष्ण प्रसाद अधिकारका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत गंगामाया अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो चिन्ता र चासो व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भयडारीसँग शनिबार शीतलनिवासमा भेट गर्दा उनले आफ्नो चासो र चिन्ता व्यक्त गरेको स्रोतले उल्लेख गरेको छ ।

राष्ट्रपति भण्डारीसँग विभिन्न मानवअधिकारवादी नेताहरुले गंगामायालाई बचाउन आफ्नो सबै ‘नैतिक र संवैधानिक हैसियत’ प्रयोग गर्न लगातार दबाब दिइरहको पृष्ठभूमिमा उनले यो विषय प्रधानमन्त्री प्रचण्डसँग उठाएकी हुन् ।

प्रधानमन्त्रीले यसबारे ‘के गर्न सक्छु, हेर्छु’ भन्ने आश्वासन राष्ट्रपतिसँग दिइएको  स्रोतले बतायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share