बिहिबार, माघ १३, २०७८

खोला पस्ने डरले रातभर जाग्राम

८ असार २०७३, बुधबार ०९:५८

मोरङ, ८ असार ।

पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् ।

स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका हुन् । मुगा खोलाले जमिन कटान गरेर नजिकै आइपुगेको भँगालोले कतिखेर कसलाई बगाउने टुङ्गो नभएपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएको केरावारी–७ का मधुकर राईले बताए ।

खोलाले धार परिवर्तन गरी कटान गर्न थालेपछि स्थानीयवासीलाई खोलाले गाउँ बगाउला भन्ने चिन्ताले छाएको छ । माथिल्लोे पहाडी भेगमा पानी आउन थालेपछि खोलाले बगाउला भन्ने त्रास हुने स्थानीयवासी चिन्तामणि गुरागाईं बताउँछन् ।

खोला नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेका थिए । तर पहाडी भागमा आएको मुसलधारे वर्षाका कारण एकै रातमा बाढी नियन्त्रण गर्ने स्थानीयवासीको प्रयास असफल पारिदिएको गुरागाईंले बताए । यो वर्षको झरीका कारण पूर्वी बाँध भत्काएर मुगा खोला गाउँ पसेपछि केरावारी–६ र ७ का करिब छ सय घर बाढीको जोखिममा परेका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share