बुधबार, कार्तिक १०, २०७८

खोलाले बगाएर एक दम्पतीको मृत्यु

१९ भाद्र २०७३, आईतवार १०:०६

वीरगन्ज, १९ भदौ । बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउँदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना कुँवर र उनका ६५ वर्षीया श्रीमती रोमती कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन देवकोटाले बताए । मृत दम्पतीको शव घरबाट करिब ६ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share