खोलामा डुबेर एकको मृत्यु
२८ असार २०७३, मंगलवार ११:५६काँकडभिट्टा (झापा), २८ असार । गरामनी– १ स्थित देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानिय टेकनाथ पौडेलको मृत्यु भएको छ ।
जङ्गलमा घाँस काटेर फर्कने क्रममा पौडेल पौडी खेल्न खोलामा पसेका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडेलको शव उनीसँगै गएका साथीले आज बिहान पानीमा तैरिरहेको भेटेपछि प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । रासस