शनिबार, मंसिर १८, २०७८

खुला विश्वविद्यालय विधेयक समितिबाट पारित

२० जेष्ठ २०७३, बिहीबार ०६:२२

काठमाडौँ, २० जेठ ।

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको आजको बैठकले ‘खुला विश्वविद्यालयसम्बन्धी विधेयक, २०७३’ पारित गरेको छ ।
शिक्षाकर्मीले लामो समयदेखि प्रतीक्षा गरेको सो विधेयक संसद्बाट पारित भएपछि स्वदेशमा खुल्ला विधिबाट उच्च शिक्षासम्म पढ्न पाउने सुविधा मिल्नेछ । समितिका सभापति रञ्जुकुमारी झाको अध्यक्षतामा बसेको बैठकले प्राप्त सुझावका आधारमा विधेयक संसद्मा पठाउने निर्णय गरेको हो ।
अब सो समितिको संशोधनसहितको प्रतिवेदन चाँडै संसद्को बैठकमा पेस हुनेछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share