बुधबार, कार्तिक १०, २०७८

क्षयरोग केन्द्रको शौचालयमा पुरुषको शव

२७ भाद्र २०७३, सोमबार १६:१६

भक्तपुर, २७ भदौ । राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको शौचालयमा शङ्कास्पद अवस्थामा आज एक पुरुषको शव फेला परेको छ ।

केन्द्रको महिला शौचालयमा अन्दाजी ४५ वर्षका एक पुरुषको शव फेला परेको केन्द्रका निर्देशक विकास लामिछानेले जानकारी दिए ।

शौचालय सफा गर्न सफाइ जाने मजदुरले बाहिरबाट चुकुल लगाइएको शौचालयभित्र पुरुषको शव फेला पारेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

लामिछानेले भने  – “स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै मृत्यु भएको हुनसक्छ । प्रहरीलाई बोलाएर शव बुझाएका छौँ । के कारणले मृत्यु भयो खोज्ने काम प्रहरीको हो ।”

अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अन्य बिरामीले आइतबार पनि आएका उक्त बिरामी आज पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ ।

मृतकको साथबाट कुनै पनि कागजपत्र नभेटिएको पहिचान हुन सकेको छैन । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share