मङ्लबार, असार २१, २०७९

क्लब सञ्चालनका लागि देउसीभैलोबाट रकम सङकलन

१८ कार्तिक २०७३, बिहीबार १४:२९

पोखरा, १८ कात्तिक । पोखराको पृथ्वीचोकमा रहेको सहारा क्लबले तिहारमा देउसीभैलो खेली रु चार लाख ९२ हजार ५०० सङ्कलन गरेको छ ।

देउसीभैलोबाट सङ्कलन गरेको उक्त रकम क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गर्दै आएको सहारा एकेडेमी सञ्चालनमा खर्च गर्ने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।

एकेडेमीमा हाल १६ जिल्लाका २८ जना कठिन अवस्था र विपन्न वर्ग (बाबु वा आमा) मध्ये एक नभएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा खर्च गरिनेछ ।

क्लबले एकेडेमी स्थायी रुपमा सञ्चालनका लागि एक अक्षयकोष पनि स्थापना गरेको छ र एकेडेमीको अक्षयकोषमा हालसम्म देश तथा विदेशका सहयोगदाताबाट रु ९० लाख सङकलन भइसकेको छ ।

त्यस्तै हिमालय क्लबले पनि तिहारमा देउसीभैलो खेली रु एकलाख १६ हजार सङ्कलन गरेको क्लबका अध्यक्ष सुकबहादुर गुरुङले बताउनुभयो ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share