कोसी ब्यारेजबाट पाँच कार्टुन गाँजा बरामद
९ असार २०७३, बिहीबार ११:०२राजविराज, ९ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजको सडक छेउमा बेवारिसे अवस्थामा राखिएको गाँजा प्रहरीले बुधबार साँझ बरामद गरेको छ ।
अन्दाजी ७५ केजीको पाँचवटा कार्टुनमा प्याक गरिएको सो गाँजा राजमार्ग छेउमा फालिएको अवस्थामा इलाका प्रहरी कार्यालय भारदहको टोलीले बरामद गरेको प्रहरी निरीक्षक गौरव महतले बताए । बरामद गरिएको गाँजालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक महतले जानकारी दिए । रासस