आइतवार, अशोज ३१, २०७८

कोरियन ब्रान्डेड सामानको नयाँ सो रुम

३ आश्विन २०७३, सोमबार ०८:३९

डेढ दशकदेखि फेन्सी व्यापार गर्दै आएका पीएन श्रेष्ठले कोरियन सपको दोस्रो आउटलेट सुरु गरेका छन् । सन् २००२बाट काठमाडौँको जमलमा कोरियन सप सञ्चालन गर्दै आएकोमा कोरियन सपको दोस्रो आउटलेट कुमारीपाटीमा सञ्चालनमा आएको हो । नेपाली उपभोक्तालाई कोरियामा बनेका ब्रान्डेड फेन्सी सामान उलब्ध गराउनको लागि डेढ करोड रुपैयाँको लगानीमा नयाँ कोरियन सप खोलेको सञ्चालक पीएन श्रेष्ठले बताए । ‘दसैँतिहारलाई लक्षित गरेर ब्रान्डेड सामानमा छुट दिएका छौँ,’ उनले भने, ‘बच्चादेखि महिलापुरुषलाई डाउन ज्याकेटमा विशेष अफरको व्यवस्था छ ।’ तीन वर्ष कोरिया बसेर आएका पीएन नेपालमा कोरियन आइटमको माग बढ्दै गएको बताउँछन् ।
सबै उमेर समूहलाई लक्षित गरेर गर्मी, जाडोमा प्रयोग गर्ने फेन्सी सामान सो रुममा पाइन्छ । कोरियामा उत्पादन भएका ब्रान्डेड फेन्सी सामान प्रयोग गर्ने उपभोक्तालाई लक्षित गरेर काठमाडौँमा दुई स्थानमा सप सञ्चालन गरेका श्रेष्ठले आगामी दिनमा शाखा बिस्तार गर्दै जाने बताए । सो रुममा मल्टी ब्राण्डका टीसर्ट, जिन्स पाइन्ट, लामो तथा छोटा कोट, स्वेटर, ट्राउजर, ट्रयाक सेट, आउटर, पेटी, झोला, पर्स, मोजा, बडी स्प्रे, जुत्ता लगायतका सामानहरू पाइन्छ । सबै सामान सस्तो मूल्यमा भारी छुटमा दिने श्रेष्ठले बताए । ‘उपभोक्ताले एउटै सो रुममा धेरै प्रकारका सामान पाउँछन्,’ उनले भने, ‘कोरियन सामान टिकाउ भएकाले प्रयोगकर्ताको आकर्षण बढेको छ ।’ फेन्सी सामानका अतिरिक्त कोरियन चिया, इन्डक्सन चुलो, अकुपञ्चर निडेललगायत सामान पनि त्यहाँ पाइन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share