शनिबार, मंसिर १८, २०७८

कोपा अमेरिका फुटबलमा मेक्सिको विजयी सुरुवात

२४ जेष्ठ २०७३, सोमबार १०:०७

काठमाडौं, २४ जेठ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिकोले सोमबार बिहान एरिजोनामा भएको समूह सी अन्तर्गतको खेलमा उरुग्वेलाई ३–१ ले हराएको हो ।

कोपा अमेरिकाको सबै भन्दा सफल टिम उरुग्वेलाई हराउन राफा मार्केज र हेक्टर हरेराले एक एक गोल गरे । त्यसअघि उरुग्वेका अल्भारो परेराले आत्मघाती गोल गरेका थिए ।

चौथो मिनेटमा नै परेराले आत्मघाती गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । ७४ औं मिनेटमा डिएगो गोडिनले उरुग्वेका लागि बराबरी गोल फर्काए । तर खेलको अन्तिम पाँच मिनेटमा थप दुई गोल गर्दै मेक्सिकोले नजिता आफ्नो पक्षमा पा¥यो । ८५ औं मिनेटमा मार्केज र इन्जुरी समयमा हरेराले गोल गर्दै मेक्सिकोलाई ३–१ को जित दिलाए ।

यस्तै यसअघि भएको खेलमा भेनेजुएलाले विजयी सुरुवात गरेको छ । समूह सी अन्तर्गत आज बिहान भएको खेलमा भेनेजुएलाले जमैकालाई १–० ले पराजित गरेको हो ।

सिकागोमा भएको खेलमा भेनेजुएलाको जितमा १५ औं मिनेटमा जोसेफ मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो ।

भेनेजुएलाले समूहको दोस्रो खेलमा आउँदो बिहीबार उरुग्वेसँग तथा जमैकाले मेक्सिकोसँग खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share