केरीद्वारा भेनेजुयलालाई राजनीतिक बन्दी रिहा गर्न आग्रह
१ असार २०७३, बुधबार ०६:३७सान्टो डोमिङ्गो, १असार । डोमिनिकन गणतन्त्रको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जोन केरीले भेनेजुयलालाई सम्पूर्ण राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेका छन् ।
अमेरिकी विदेशमन्त्री केरीले भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोलाई अमेरिकी राज्यको साधारण सभालाई डोमेनिकन गणतन्त्रमा सम्बोधन गर्ने सिलसिलामा भेनेजुयलाको गम्भीर राजनीतिक अवस्थाप्रति चासो व्यक्त गर्दै सम्पूर्ण आस्थाका बन्दीलाई रिहा गरी स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिए ।
उनले भेनेजुयलामा पछिल्लो समय देखिएको खाद्यान्न समस्या हल गर्नसमेत राष्ट्रपति मादुरोसँग आग्रह गरे । रासस/एएफपी