बुधबार, माघ ५, २०७८

केन्द्रमार्फत बीस लघुजलविद्युत् परियोजना निर्माण

७ असार २०७३, मंगलवार ०९:११

म्याग्दी, ७ असार ।
धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत म्याग्दी जिल्लामा हालसम्म २० वटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रमको सहयोगमा लघुजलविद्युत् परियोजना निर्माण भएको हो । निर्माण भएका २० वटा परियोजनामार्फत १२४ किलोवाट विद्युत् उत्पादन भई एक हजार २५२ घरधुरी लाभान्वित बनेको संस्थाका सव इञ्जिनियर दीपक थापाले जानकारी दिए ।

परियोजना निर्माणका लागि संस्थाले रु एक करोड १७ लाख ६१ हजार ४३३ अनुदान दिएको छ । यस वर्ष रुम–७ मा निर्माण भएको ११.५ किलोवाट क्षमताको छेरवाङ पात्लेखोला लघुजलविद्युत् परियोजनाबाट ११० घरधुरी लाभान्वित भएका छन् ।मल्कवाङमा निर्माणकार्य अन्तिम चरणमा पुगेको ४२ किलोवाट क्षमताको नन्दीवाङखोला लघुजलविद्युत् परियोजनाबाट २२१ घरधुरी लाभान्वित हुने जनाइएको छ ।

कुईनेमङ्गले–१ मा २० किलोवाट क्षमताको मजुवा कुईनेखानी परियोजना निर्माणाधीन अवस्थामा छ । मुदी–९ मा १०.५ किलोवाटको रातोखोला बगर परियोजना निर्माण सुरु गर्ने तयारी भएको छ । शिखमा ३० किलोवाट क्षमताको घोस्तेखोर, ओखरबोटमा ३० किलोवाटको दिप्लीखोला र मुनामा २०० किलोवाटको दरखोला मिनी जलविद्युत् आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ ।

सव इञ्जिनियर थापाले हाल निर्माणाधीन र सर्वेक्षण भएका सातवटा परियोजनाबाट ३०२.५ किलोवाट विद्युत् उत्पादन भई एक हजार ८१७ घरधुरी लाभान्वित हुने जानकारी दिए । सातवटा परियोजना निर्माणका लागि संस्थामार्फत रु पाँच करोड ८८ लाख ९० हजार अनुदानको व्यवस्था गरिने भएको छ ।

केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको र दुर्गम क्षेत्रमा विद्युत् सुविधा विस्तारका लागि निर्माण भएका लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेर आयआर्जनमूलक क्रियाकलाप गर्न पनि संस्थाले सहयोग गरेको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share