शुक्रबार, कार्तिक ५, २०७८

केडिया अर्गनाईजेशनको फ्लोरम्याक्स बजारमा

१९ भाद्र २०७३, आईतवार १७:२१

काठमाडाैँ, १९ भदौ । ग्रीन प्लाई अन्र्तगत प्रिमियम फ्लोरिङ केडिया अर्गनाईजेशनले बजारमा ल्याएको छ । केडियाको भगिनी संस्था आर.आई.पि.एल इन्टरनेशनल प्राइभेट लिमिटेडले सरसफाई गर्न सजिलो र छरितो हुने भएकाले यो भुईमा विच्छायाउने प्लाई बजारमा ल्याएको हो ।

floormaxलिमिटेडका निर्देशक आयुश केडियाले काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली बजारमा यस्तो प्लाईको माग भएको र मध्यमवर्गलाई लक्षित गरिएको बताए । उनले १५ फरक रंगमा पाइने प्लाईको १० वर्षको वारेन्टी रहेको जानकारी दिए ।

कार्यक्रममा केडिया अर्गनाइजेशनका अनिल केडियाले भारतमा उत्पादित उक्त फ्लोरम्याक्सको डिलर लिएको बताएका थिए । उनले डिलर लिनु ठूलो कुरा नभएर नेपाली बजारमा आफूले यसको विस्तार गर्नु चुनौति रहेको प्रष्ट पारे । काठमाडौँमा अहिले १२ वटा डिलरबाट विक्री गरिने बताउँदै केडियाले आफूहरुले कुमारीपाटीमा शोरुम खोलेपनि त्यहाँबाट नबेच्ने पनि जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share