बिहिबार, माघ ६, २०७८

कृषि क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्णः नेत्री कोइराला

१५ असार २०७३, बुधबार १४:१२

काठमाडौँ, १५ असार ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको कृषि क्षेत्रको विकासका लागि युवाको ठूलो भूमिका रहेको बताएकी  छिन् ।

नेपाल विद्यार्थी सङ्घका नेता आनन्द त्रिपाठीको संयोजकत्वमा नेविसङ्घ विश्वभाषा इकाइ समितिले बुधबार यहाँ आयोजना गरेको दहीच्यूरा खाने कार्यक्रममा बोल्दै नेत्री कोइरालाले युवा विकासका लागि सशक्त हुन आवश्यक रहेको औँल्याइन् ।

उनले भनिन्, “हामी सबै किसानका छोराछोरी हौँ, कृषिलाई आधुनिकीकरण गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ ।”

उनले युवालाई विदेश पलायन हुने बाटोबाट रोकेर कृषि क्षेत्रमा लागेमात्र मुलुक विकास हुने बताइन् । “युवाहरु पार्टीको सङ्गठनमा लागेर गुठबन्दी गर्नुभन्दा आफ्नो व्यक्तित्व विकासमा लाग्नु पर्दछ”, कोइरालाले भनिन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपालका धेरै जनता कृषि क्षेत्रमा आश्रित रहेकाले यसको विकास र विस्तार हुनु जरुरी रहेको बताए । उनले कृषिको विकास भएमात्र मुलुकको विकास हुने हुँदा सरकारले कृषिको क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।

अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले नेपालको अर्थतन्त्रको विकासमा कृषिको ठूलो भूमिका रहेको बताउँदै नेपाली काँग्रेसले नै किसानलाई हेरेर योजना बनाउने परिपाटीको विकास गरेको उल्लेख गरे ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले असार १५ ले सांस्कृतिक र परम्परागत महत्व बोकेको भन्दै यसलाई आधुनिक खेतीमा रुपान्तरण गर्नु आवश्यक रहेको औँल्याए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share