आइतवार, असार १९, २०७९

किष्टका डाक्टर दिपेश र परिवार नियोजनका भण्डारी ५० हजार धरौटीमा रिहा

२० असार २०७३, सोमबार ०९:१६

काठमाडौं– दुई नक्कली प्रमाणपत्रधारी चिकित्सहरु ५० हजार रुपैया“ धरौटीमा नै छुटेका छन् । ललितपुर जिल्ला अदालतलमा मुद्दा दायर भएकाहरु ५० हजार रुपैया धरौटीमा छुटेका हुन् ।

किष्ट मेडिकल कलेजका दिपेश पौडेल र परिवार नियोजन संघ ललितपुरका गजानन्द प्रसाद भण्डारीलाई ललितपुर जिल्ला अदालतले ५०÷५० हजार धरौटीमा छाड्ने आदेश भएको हो । उनीहरुलाई २० लाख भन्दा धेरै ठगीको बिगो कायम गरि मुद्दा दायर गरिएको थियो ।

मोरङमा मुद्दा चलाइएकालाई भने अदालतले प्रहरीले मागदाबी गरेको बिगोअनुसार नै धरौटी माग भएको थियो । काठमाडौंमा अरुण गुप्ता, गणेश शाहसहित ४ जनाविरुद्ध आइतबार काठमाडौ्रं अदालतमा मुद्दा दायर भएको छ । अन्य आठ जनाको हकमा बिगो प्रष्ट नभएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाई म्याद थप गरेको छ । अन्य ९ जिल्लामा आइतबार अदालतलमा भने बहस सकिएको छैन । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले ३६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share