सोमवार, मंसिर २०, २०७८

किर्गिजिस्तानका प्रहरी प्रमुखलाई ‘कु’को षडयन्त्र आरोपमा निष्कासित

१७ जेष्ठ २०७३, सोमबार १९:०८

किर्गिजिस्तान, १७ जेठ । किर्गिजिस्तानका राष्ट्रपति अल्माजेक अताम्वायवले सोमबार यहाँका प्रहरी प्रमुखलाई कू (आकस्मिक सत्ता परिवर्तन) गर्ने षडयन्त्रका संलग्न भएकोे आरोपमा सोमबार पदबाट निष्काशन गरेका छन् ।

मध्यएसियाली राष्ट्र किर्गिजिस्तानका राष्ट्रपति अताम्वायवले यहाँका गृहमन्त्री मेलिस तर्गुनवायभबाट आएको राजीनामालाई स्वीकृत गर्दै कास्कर जुनुसालियभलाई गृहमन्त्रीमा पदस्थापन गरेको राष्ट्रपतिको कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा बताइएको छ ।
पूर्व सोभियत सङ्घबाट विभाजित किर्गिजिस्तानको संसदले जुनुसालियभको नियुक्तिका सम्बन्धमा पुष्टि गरिसकेको छैन ।
तर्गुनवायभले किर्गिजिस्तानको गृहमन्त्रीका रुपमा सन् २०१४ अक्टोबरदेखि कार्यभार सम्हाल्दै आएका थिए । गत तीन महिनाको अवधिमा कू गर्ने प्रयासमा किर्गिजिस्तानका राष्ट्रपतिले उच्च पदस्थ अधिकारीमाथिको कारबाहीलाई अगाडि बढाएका हुन् । रासस÷एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share