बुधबार, माघ ५, २०७८

किबी उत्पादनले किसान उत्साहित

७ असार २०७३, मंगलवार १५:१५

डडेल्धुरा, ७ असार । जिल्लामा किबीमा फल लाग्न थालेपछि किसान उत्साहित भएका छन् ।

तीन वर्ष अगाडि रोपेका किबीका बोटमा अहिले फल लाग्न थालेको छ । यस वर्ष कृषक किबी फल बिक्री गर्न पाउने भएका छन् । “किबी फल बिक्री गर्ने तयारीमा छौँ,” अमरगढी नगरपालिका– ७ दमडाका बेदप्रकाश भट्टले भने । यस वर्ष दुई रोपनी जमिनमा तीन क्विन्टलसम्म किबी फलेको उनको भनाइ छ ।

किबीको बारीमा तरकारी र खाद्यान्नसमेत फलाउने गरिएको अर्का किबी व्यवसायी प्रयागराज भट्ट बताउँछन् । किबीखेतीबाट कृषकले अतिरिक्त आयआर्जन गर्न सक्ने भएका छन् । दोलखाबाट ल्याइएको किबीको बीउ जिल्लाका विभिन्न क्षेत्रमा खेती गरिँदै आएको छ ।

उपयुक्त हावापानीका कारण समयमै फल लाग्न थालेकाले किबी खेती गर्न कृषक उत्साहित भएका र बिरुवाको माग बढेको कृषि विकास कार्यालयका प्रमुख दिनेशप्रसाद सापकोटाले बताए । जिल्ला कृषि विकास कार्यालयले नमुनाका रुपमा दह ब्यारेक, दमडा, बगरकोटलगायत ठाउँमा किबी खेतीको सुरुवात गरेको हो । पहिलो चरणमा जिल्लाभरिमा एलिसन र मोन्टो प्रजातिका किबी फलका आठ सय बिरुवा रोपिएका कार्यालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share