मङ्लबार, असार २१, २०७९

कास्कीका किसान भन्छन् : पासपोर्टको अनुदान बन्द होस्

९ असार २०७३, बिहीबार ११:०९

पोखरा, ९ असार । कास्की जिल्लाका किसानले सरकारले हालै ल्याएको पासपोर्ट राखेर अनुदान दिने व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय कास्कीले बुधबार गरेको सार्वजनिक सुनुवाइमा सहभागीले विदेश गएर आएकै भरमा अनुदान दिने प्रावधानले वास्तविक किसान मर्कामा परेको गुनासो गरे । विदेशमा बसेर आएकै भरमा अनुदान पाउने र मुलुकको माटोमा निरन्तर पसिना भिजाउने किसानलाई पछाडि पारिएकोमा कार्यक्रमका सहभागीले दुःख व्यक्त गरे ।

विदेशमा बसेको भरमा मात्र नभई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिनुपर्ने पोखरा–२५ पुम्दीभुम्दीका किसान खेमराज बराल बताउँछन् । जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा राकेश प्रजापतिले पासपोर्ट राखेर अुनदान दिने व्यवस्था सरकारबाटै आएको जानकारी दिँदै किसानलाई दक्ष बनाउने विषयमा पनि सरकार प्रतिबद्ध रहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share