शनिबार, मंसिर १८, २०७८

कालो धन सेतो बनाइदैछ, हुन्डीको पैसा आतंकवादमा प्रयोग हुँदै

२३ जेष्ठ २०७३, आईतवार १८:०७

उजागर शर्मा, अस्ट्रेलिया

हुन त मुलुक रेमिट्यान्सले चलेको छ भन्छन अर्थशास्त्रका पण्डितहरु । हुन पनि हो तथ्यांकले अलि अलि त्यसै भन्छ । तर रेमिट्यान्स कहाँवाट र कसरी भन्ने प्रश्नको परिभाषा भने फरक हुदै छ, यतिखेर । हेपाहा मजदुरीका रुपमा कहलिएको कतार, साउदी, जापान अनि मलेसिया रेमिट्यान्सको प्राथमिकताको सूचिमा पहिलो नम्बरका अकबरी सुन हुन । कालान्तरमा कोरिया, अमेरिकालगायत अन्य राष्ट्र पनि प्राथमिकताको सूचिमा आउने गर्छन् । कुल ग्राहस्थ उत्पादनको २७ प्रतिशत रेमिट्यान्सले धानेको मुलुकका रुपमा चिनिएको नेपालले पछिल्लो वर्षमा तीन खर्ब १५ अर्ब रुपैयाँ मुलुक भित्राएको थियो । 
hundiतर यतिहुदाँहुदैं पनि पछिल्ला दिनहरुमा मुलुकवाट खराब वाटोमार्फत पूँजी पलयान भैरहेको नयाँ तथ्य समेत सार्वजनिक भएको छ । नेपालमा अवैध रुपमा कमाएका कालो धन विदेशमा लगानी हुने क्रमपनि बढेको देखिन्छ । त्यती मात्र होइन, नेपालवाटै अवैधवाटो हुदै अरबौ रकम पनि बिदेशीने गरेको खुलासा हालै सीड्नीमा भएको छ ।
नेपालमा गैर कानुनी रुपमा कमाएको सम्पती अवैधवाटो अर्थात हुण्डीको माध्यमवाट छोरा छोरीको नाममा विदेश पठाउने र सोही पैसा छोरो, छोरीले कमाएको भन्दै नेपाल ल्याएर सेतो बनाउने खेल भैरहेको छ । त्यति मात्र होइन, अबैध माध्यमवाट करौडौ रुपैयाँ बिदेश पलायन भैरहेको खबर पाएका छौ, अस्ट्रेलिया भ्रमणमा रहेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य मुमाराम खनालले भने ।
कागज बन्ने मुलुकहरु अर्थात अमेरिका र अस्ट्रेलियाजस्ता राष्ट्रहरुमा घरजम गर्ने जर्मकोमा रहेका नेपालीहरु धमाधम नेपालमा भएका चल अचल सम्पती बेचेर बिदेश ल्याइरहेको तथ्य प्राप्त भैरहेको छ । यस्ता पैसाहरु अवैध माध्यमवाट बिदेश पलायन भैरहेको र यसवाट मोटो रकम बिचौलियाहरुले कमाइरहेका छन ।
नयाँ शक्ति पार्टीको विदेश बिस्तारका क्रममा आएका बिश्लेषक मुमाराम खनालले स्थानीय ब्यापारीसँगको भेटघाटका क्रममा अगाडि भने, कालो धन सेतो बनाउने र अवैध वाटोवाट बिदेशमा लगानी गर्ने काम भैरहेको तथ्य भेटेका छौ, यो कदापी राम्रो कुरा होइन । यसले देशलाई ठग्ने काम गरेको छ र अवैध कारोबारीहरुलाई प्रोत्साहन मिलेको छ ।
वास्तवमै पछिल्लो केही वर्षहरुमा अस्ट्रेलिया र अमेरिकाजस्ता देशहरुमा नेपाली समाज बाक्लीदैजाँदा घरजम गर्नेको संख्यापनि हवात्तै बढेको छ । नेपालवाट पैसा मगाएर घर किन्नेहरुको ताँती नै लागेको अस्ट्रेलियामा । व्यक्तिगत सामाजिक र आर्थिक सुरक्षा र भौतिक सुविधाका कारण पनि नेपालीहरु बिदेश पलायनका वाटोमा अगाडि देखिएका हुन ।  पछिल्लो एक वर्षमा करिब तिन सयको संख्यामा नेपालीहरुले नेपालवाट पैसा ल्याएको हामीले सुनेका छौ, एक स्थानीय ब्यापारीले नाम नबताउने शर्तमा भने । पैसा भने कुनवाटोवाट आउँछ त्यो भने थाहा छैन ।
नेपालको पैसा नेपालमै लिने र त्यतै दिने अनि अस्ट्रेलिया, अमेरिकामा उठाएको डलर हङकङ र सिंगापुर पठाउने अनि कमिसनको मोटो रकम असुल्ने क्रम बढ्दो  छ ।  यसले मुलुकलाई प्रत्यक्ष रुपमा घाटा पुगेको छ । नेपालको प्रहरी र प्रशासन समेत यस बिषयमा त्यती चनाखो बन्न नसकेको बिश्लेषकहरुको ठम्माइ छ ।
पछिल्लो पटक मुलुकमा अजय सुमार्गीको नाममा भर्जिन आइसल्यान्डवाट भित्रिएको तिन अरब रुपैया राष्ट्रबैंकले रोक्का गरिदिएको थियो । श्रोत खुल्न नसकेपछि राष्ट्रबैंकले यो रकम रोक्का गरेको हो ।    नेपालवाट बिदेशमा पैसा लग्नृ र सोही रकम नेपाल ल्याउने अनि सेतो बनाउने शंका पनि नगरिएको होइन । सुमार्गीको अस्ट्रेलियामा पनि लगानी गर्ने योजनामा रहेको उनका निकटम श्रोतले बताएको छ । एक महिना अघि मात्र सुमार्गी अस्ट्रेलिया भ्रमणमा रहेका थिए । उनले यहा स्थानीय नेपाली व्यापारीहरुसँग भेटघाट गरेका थिए ।
सरकारले देशमा लगानी भित्राउने नाममा कालो धनलाई सेतो बनाउन कदापी दिन हुँदैन अनि अवैध रुपमा भैरहेको पूँजी पलायन पनि रोक्न सक्नुपर्छ । यसले मुलुकलाई कुनै प्रकारको हित हुँदैन । यसैबीच अमेरिकन सरकारले नेपालमा जाने हुन्डीका पैसा आतंकबादमा प्रयोग भैरहेका जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share