सोमवार, असार १३, २०७९

कालाज्वर भएको पुष्टि

१ असार २०७३, बुधबार १४:३६

कञ्चनपुर, १ असार ।
झलारी पिपलाडी नगरपालिका–३ जोनापुरका ४० वर्षीय रविलाल डगौरामा कालाज्वर भएको पुष्टि भएको छ । काठमाडौँस्थित शुक्रराज अस्पतालमा रक्त परीक्षण गराउँदा डगौरामा कालाज्वर भएको पुष्टि भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने र तौल घट्ने समस्या देखा परेपछि उहाँको भारतको बरेलीस्थित अस्पतालमा उपचार गरिएको थियो ।
त्यहाँ रोग निको हुन नसकेपछि जनस्वास्थ्य कार्यालयको सल्लाहमा उनले काठमाडौँस्थित अस्पतालमा उपचार गराउँदा कालाज्वर भएको पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीले बताए । “डगौराको रगत चेकजाँच गराउँदा कालाज्वर भएको पुष्टि भएको छ” उनले भने । डगौरा भारतमा मजदुरी गर्दै आएकाले भारतबाटै सो रोगको सङ्क्रमण भएको हुनसक्ने उनले बताए । गत वर्ष पनि भारतबाट काम गरेर फर्केका भीमदत्तनगरपालिका–१८ का एक जना युवामा कालाज्वर देखा परेको थियो ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share