कार्कीबिरुद्ध अर्को मुद्दा दायर
१९ कार्तिक २०७३, शुक्रबार ०६:३४काठमाडौँ, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ ।

म्याद तामेलीमा अवरोध गरेको आरोपमा कार्कीबिरुद्ध बिहीबार सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको हो ।
कार्की, कार्कीका ज्वाई प्रवल थापालगायत चार जना र म्याद तामेलीमा अवरोध गर्ने अन्य व्यक्तिलाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सो मुद्दा दायर गरेका हुन् ।
म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महलअनुसार १५ दिन कैद र एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस
flash news 3close