कारबाहीमा ७९ लडाकूको मृत्यु यसै क्रममा नौं अफगान सैनिकको पनि मृत्यु
१५ जेष्ठ २०७३, शनिबार ०८:३३काबुल, १४ जेठ । अफगानिस्तानमा सुरक्षाबलले तालिवान समूहमाथि गरेको कारबाहीमा क्रममा गत २४ घण्टाभित्र ७९ विद्रोही लडाकूको मृत्यु भएको छ । यहाँको रक्षा मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ ।
सुरक्षा कारबाहीका क्रममा नौ जना सैनिक जवानले पनि ज्यान गुमाएका सो विज्ञप्तिमा जानकारी दिइएको छ ।
अफगानी सेना, प्रहरी तथा गुप्तचर संस्थाद्वारा संयुक्त रुपमा सञ्चालन गरेको कारबाहीमा ७९ जनाको मृत्यु हुनुको साथै अन्य ३६ जना घाइते भएका छन् ।
रक्षा मन्त्रालयद्वारा दैनिक रुपमा दिइने सूचना विज्ञप्तिमा सो जानकारी दिइएको छ । झडपका क्रममा सुरक्षाबलले छ जनालाई पक्राउ गरेको छ ।
यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन । रासस÷सिन्ह्वा