शनिबार, मंसिर १८, २०७८

कारबाहीमा ३६ आतङ्ककारी मारिए

१६ जेष्ठ २०७३, आईतवार १८:३२

कायरो १६ जेठ । इजिप्टको सशस्त्रबलले आतङ्ककारी विरुद्ध दुई दिनसम्म गरेको कारबाहीको क्रममा ३६ जना आतङ्ककारी मारिएका छन् ।

सो कारबाहीको क्रममा ३८ वटा बम निष्क्रिय पारेको पनि सो सुरक्षा बलले शनिबार जानकारी दिएको छ ।
इजिप्टेली सेना र प्रहरीको सहयोगमा उत्तरी सिनाइको एरिस, रफाह र शेख जुवेद सहरहरुको आतङ्ककारी विरुद्ध गरेको कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएको सेनाद्धारा शनिबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
सो कारबाहीको क्रममा आतङ्ककारी आखाडा जमाईरहेका कैयौ भवनहरु ध्वस्त पार्नुको साथै भारी मात्रामा विस्फोट पदार्थ, सवारी साधनहरु पनि कब्जा गरिएको बताइएको छ ।
गत हप्ता उत्तरी सिनाईको रफाह र शेख जुवेदमा भएको सुरक्षा कारबाही ८५ जना आतङ्ककारी मारिएका थिए ।
इजिप्टमा इस्लामिक राष्ट्रपति मोहमद मोर्सीलाई सन् २०१३ को जुलाईमा सैनिक ‘कू’ गरी हटाइएपछि सरकार विरुद्ध आतङ्ककारी आक्रमण बढेको बताइन्छ ।
इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहसँग आबद्ध समूह सयौ प्रहरी र सैनिकको हत्याको जिम्मा लिदै आएका छन् ।
त्यसैगरी इजिप्टेली सैनिकले पनि आतङ्ककारी विरुद्ध जारी राखेको कारबाहीको क्रममा करिब १ हजार आतङ्ककारी मारिनुको साथै अन्य १ हजार नै घाइते भएको बताइएको छ । रासस ÷एपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share