शुक्रबार, असार १७, २०७९

कारबम आक्रमणमा छ जोर्डनी सैनिक मारिए

७ असार २०७३, मंगलवार १८:०७

अमान, ७ असार । सिरियाको सीमा क्षेत्रमा रहेको शरणार्थी शिविरको बाहिरी इलाकामा मङ्गलबार भएको एक कारबम आक्रमणमा परी छ जोर्डनी सैनिक मारिनुको साथै अन्य १४ घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः३० बजे रुक्बान जिल्लामा रहेको शरणार्थी शिविरमा विपरित दिशामा भएको यस कारबम आक्रमणमा परी छ सैनिक मारिनुको साथै अन्य १४ घाइते भएका सेनाद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

कारबाहीको क्रममा सेनाले आतङ्ककारीहरुको कैयौँ सवारी साधन ध्वस्त गरेको बताइएको छ ।

सिरिया र जोर्डनको सीमा क्षेत्रमा रहेको दशौँ हजार सिरियाली शरणार्थी आश्रित शरणार्थीस्थल नजिकै सो आक्रमण भएको जनाइएको छ ।

जोर्डनका अनुसार सिरियामा गत पाँच बर्षसम्म जारी रहेको द्वन्द्वको कारण १४ लाख सिरियाली जोर्डनमा शरण लिइरहेका छन् ।

तर संयुक्त राष्ट्रका अनुसार भने जोर्डनमा दर्ता भएका शरणार्थी ६ लाख ३० हजार रहेका छन् । त्यो संख्यालाई आधिकारीक मान्न नसकिने अधिकारीहरुको दाबी छ ।

जोर्डनले सन् २०१४ देखि सिरियामा आइएस विरुद्ध हवाई आक्रमण गर्दै आएका छन् । यस क्रममा कैयौँको ज्यान गइसकेको पनि विगतमा आउने समाचार बताउने गरिएको थियो । रासस /एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share