शुक्रबार, कार्तिक ५, २०७८

कारखाना विस्फोटमा परी बीसको मृत्यु

२५ भाद्र २०७३, शनिबार १५:१७

ढाका, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकाको बाहिर इलाकामा अवस्थित टोङ्गी क्षेत्रमा रहेको एक कारखाना कक्षभित्र शनिबार बिहान ‘ब्वाइलर’ मेसिन विस्फोटमा हुदाँ कम्ती २० व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटनमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको. छ ।
स्थानीय समयानुसार शनिबार विहान ६ बजे पाकिङ्ग गर्ने कारखानामा रहेको ‘ब्वाइलर रुम’ विस्फोट भएको नाम नबताउने शर्तमा प्रहरी स्रोतले जानकारी दिएको छ ।
सुरुमा यस विस्फोटमा परी १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० जना घाइते भएको बताइएको थियो । घाइते मध्ये थप १० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या २० पुगेको बताइएको छ ।
घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने प्रहरीले जानकारी दिएको छ ।
विस्फोटको कारण आगलागी भएको यस कारखानामा केही कामदार अझै फसेको अनुमान गरिएको छ । यस कारखानाका प्रवक्ताले भने तत्काल यस विस्फोटको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस /सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share