आइतवार, अशोज ३१, २०७८

काम गर्न कस्सिए कांग्रेसका मन्त्री

१९ भाद्र २०७३, आईतवार ०८:४८

काठमाडौं, १९ भदौ । गएको भदौ १० गते नेपाली कांग्रेसले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीहरूलाई शपथ गरायो । योभन्दा अगाडि नेपाली कांग्रेसका तर्फबाट उपप्रधानमन्त्रीसहित दुईजना मन्त्री सरकारमा सहभागी भइसकेका थिए । नेपाली कांग्रेसले यो पटक मन्त्री पठाउ“दासमेत पुराना अनुभवी तथा क्षमतावान् र आम नेपालीले आशा गरेको अनुहारलाई समावेश गरेको छ ।


नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएको मन्त्रीहरूको प्रारम्भिक काम हेर्दा जनताको आशा पूरा गर्ने लक्षण देखिएको छ । उनीहरूले मन्त्रालयको जिम्मेवारी सम्हालेस“गै आआफ्नो मन्त्रालयबाट जनतालाई दिने सेवालाई चुस्त बनाउने अभियान सुरु गरिसकेका छन्् ।

कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतमा प्रधानमन्त्रीको विशेषदूत बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारका पालामा बिग्रेको दुई देशको सम्बन्धलाई पुरानो अवस्थामा फर्काउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । वर्तमान सरकारमा उनको भूमिका महत्वपूर्ण छ । वर्तमान सरकारमा निधिको विभागिय जिम्मेवारीको साथै राजनीतिक जिम्मेवारीमा पनि उनको भूमिका अहम छ । त्यही अनुसारको भूमिका निर्वाह गर्दै निधिले भारतस“गको सम्बन्धलाई उचाइ प्रदान गर्ने काम गरेका छन् । त्यहा“मात्र होइन निधिले गृह मन्त्रालयमा समेत जिम्मेवार भूमिका निर्वाह गरेका छन् । देशभरको यातायातमा चलेको सिन्डिकेट हटाउनका लागि गृह मन्त्रालयका देशभरका निकायलाई निर्देशन दिएर उनले जनतामा आशा जगाएका छन् ।

त्यसैगरी अर्कामन्त्री अजुर्ननरसिंह केसीले पनि सहरी विकास मन्त्रालयमा आशालाग्दो काम गरेका छन् । उनले भवन आचारसंहिता पूर्णरूपमा लागू गर्ने तयारी थालेका छन् । मन्त्री केसीले संहिता कडाइका साथ लागू गर्ने र नमान्नेलाई अप्रिय निर्णय लिनसमेत पछि नपर्ने बताएर कानुन शासन स्थापित गराउने अभियानमा जुटेका छन् । उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत्, खानेपानीजस्ता सुविधाहरूको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोहीबमोजिम काम थाल्ने बताएका छन् ।

त्यसैगरी भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले यातायातमा देखिएका विकृति हटाउने अभियान थालनी गरेका छन् । उनले यातायातसम्बन्धी सेवा छिटोभन्दा छिटो जनतालाई दिनका लागि यातायात कार्यालयहरू विभिन्न ठाउ“मा खोल्ने निर्णय अगाडि सारेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्री बनेको डा. प्रकाशशरण महतले विदेशमा कागजातमा लेखि“दै आएको नेप्लिज भन्ने शब्दलाई हटाएर सबै ठाउ“मा नेपाली लेख्ने निर्णय गराएर नेपालीको पहिचान विश्वभर दिने काम अगाडि बढाएका छन् । त्यसैगरी नेपाली कामदारहरूले विदेशमा पासपोर्ट बनाउ“दा लाग्ने शुल्क कम गरेर विदेशमा बसेर काम गरिरहेका नेपालीलाई राहत दिने काम अगाडि बढाएका छन् ।
काठमाडौं महानगरपालिकाको उपमेयर भएर आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरेका उद्योगमन्त्री नवीन्द्रराज जोशीले रुग्ण उद्योगहरू सुधार गर्ने अभियानको थालनी गरेका छन् । उनले यसका लागि स्थलगत अध्ययन गरेर सुधार गर्ने अभियानका रूपमा अगाडि लैजाने तयारी थालेका छन् । मन्त्री जोशीले रुग्ण उद्योगहरूलाई सुधार गरेर पुनर्सञ्चालनमा ल्याउन सकिने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक कदम उठाउने बताएका छन् ।

त्यसैगरी वाणिज्य मन्त्री रोमी गौचन थकालीले मन्त्री पद जनताको सेवाका लागि भएको भन्दै मन्त्रालयमा मन्त्रीको नेम प्लेटस“गै भेटघाटको समय २ बजेपछि लेख्न प्रचलन हटाएका छन् । उनले वाणिज्य मन्त्रालयमा जतिबेला पनि भेटघाट गर्न सकिने व्यवस्था मिलाएर प्रत्यक्ष रूपमा सेवाग्रहीका गुनासा सुनेर काम गर्ने अभियानको थालनी गरेका छन् । उनले जनताकै काम गर्नका लागि यहँ“ आएको व्यक्तिले सिंहदरबार आउने गरिब जनतालाई यतिबेला आउनुहोला र उतिबेला आउनुहोला भनेर समय तोक्नु भनेको जनतामाथि अन्याय हुने बताए ।
सबैको आशाका केन्द्र बनेका स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा सुधारका लागि सयदिने कार्ययोजना नै अगाडि ल्याएका छन् । उनले मन्त्री भएको एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गरेका हुन् । जानकारीपछि मन्त्री थापाले आपूर्ति महाशाखा, स्टोर र बिमा कार्यक्रमलाई समेटेका छन् । देशान्तर साप्ताहिकबाट ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share