शुक्रबार, कार्तिक ५, २०७८

काठमाडौंको चन्द्रगिरिमा गोली चल्यो, प्रहरीद्धारा सेफ बरामद

२३ भाद्र २०७३, बिहीबार ११:३८

काठमाडौं । काठमाडौंको थानकोटस्थित चन्द्रागिरि हुँदै मकवानपुर निस्कने बाटोको जंगलमा गोली चलेको छ । प्रहरीलाई लक्षित गर्दै चार जनाको एक समुहले दुई राउण्ड गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । बलम्बुस्थित गौथली चोकबाटमा ना १ ज ३९४८ नम्बरको शंकास्द अवस्थाको टाटासुमोलाई पिछा गर्दा प्रहरीमाथि चन्द्रागिरि जंगल नजिक पुगेपछि आक्रमण भएको प्रहरीले जनाएको छ ।

टाटा सुमोका चालक सहित आक्रमणकारी चार जना रहेको र उनीहरु भागेको थानकोट बृत्तका डीएसपी कृष्ण पंगेनीले जानकारी दिए । पंगेनीले भने, ‘हामीले शंका लागेर गाडीको पिछा गर्‍यौ जंगल नजिक पुगेपछि हामीमाथि गोली आक्रमण भयो ।’ उनका अनुसार प्रहरीले एउटा सेफ बरामद गरेको छ । सेफको बनावट हेर्दा बैंक वा वित्तिय संस्थाबाट लुटिएको रकम वा पुरातात्विक महत्वको सामाग्री भएको अनुमान छ ।

तर सेफमा के छ त्यो भने खोलिएको छैन् । प्रहरीलाई गोली चलाएर भागेका ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं बाट सर्लाही चल्ने टाटासुमोका साहुको पहिचान भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share