सोमवार, मंसिर २०, २०७८

काठमाडौँ उपत्यका सहरी गुरुयोजनाविहीन

३१ जेष्ठ २०७३, सोमबार ०६:५४

काठमाडौं, ३१ जेठ- ‘तपाईं जो कसैलाई पनि मुलुकको राजधानी काठमाडौँ उपत्यकाको सहर विकाससम्बन्धी गुरुयोजना बनेको छैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर वास्तबमै हो, सबैभन्दा ठूलो समस्या भनेको गुरुयोजना नै छैन ।’

काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले भन्नुभयो, ‘भोलिको दिनमा काठमाडौँ कस्तो हुने, कुन ठाउँमा सहर विस्तार गर्ने, कुन ठाउँ संरक्षित गर्ने भन्ने हामीसँग गुरुयोजना नै छैन ।’ गुरुयोजना बनाउन सकिए पनि यसलाई अन्तिम रूप दिन स्थानीय निकायमा जनप्रतिनिधिको आवश्यकता पर्ने बताउँदै उहाँ भन्नुहुन्छ, ‘स्थानीय निकायमा जनप्रतिनिधि नभएसम्म गुरुयोजना कागजको खोस्टो बराबर हुनेछ ।’

समग्र योजना बनाउन स्थानीय निकायमा जनप्रतिनिधि आवश्यक पर्ने भए पनि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको १४ वर्ष नाघिसकेको छ । गुरुयोजनाबिना सरकारले घोषणा गरेको सेटलाइट सिटी, हरियाली काठमाडौँ, खुला मैदान सुन्दर सहर, नमुना सहरजस्ता नारा कार्यान्वयनमा चुनौती सिर्जना गरेको छ । यद्यपि, उपत्यकाका तीन जिल्लामा गरी ५०८ किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने लक्ष्य लिइएकामा पछिल्लो चार वर्षयता ३०० किमी निर्माण पूरा भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share