कांग्रेस र माओवादीका मुख्य सचिवको संयुक्त वक्तव्यः सरकार कामचलाउ हो, राष्ट्रिय महत्वको निर्णय नगर
३० असार २०७३, बिहीबार १५:३९काठमाडौं, ३० असार । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न सरकारलाई खबरदारी गरेका छन् ।
माओवादीले र कांग्रेस नयाँ सरकार गठन गर्न सहमत भएका छन् र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा सरकार कामचलाउ भएको भन्दै यस्तो बिज्ञप्ती आएको हो ।
‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।’ बिज्ञप्तीमा भनिएको छ ।
Flash Newsclose
खबरइरा संवाददाताclose