शुक्रबार, कार्तिक ५, २०७८

कांग्रेस र माओवादीका धेरै नेता बेरोजगार

२२ भाद्र २०७३, बुधबार ०७:१३

काठमाडौं, २२ भदौ । कांग्रेसमा १२औँ महाधिवेशनपछि पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । तर, सुशील कोइरालाको पाँचवर्षे कार्यकालमा पदाधिकारीबाहेक अरूले काम पाएनन् । विधानमा व्यवस्था भएका विभाग गठन गरे पनि देउवा पक्षको विरोधका कारण कुनै पनि विभागले काम गर्न सकेनन् ।

अञ्चल समन्वय समितिको हालत पनि उस्तै भयो । १३औँ महाधिवेशनसम्म पनि कुनै प्रस्ट जिम्मेवारी नपाएपछि नेताहरू आफ्नै हिसाबले खटे, पार्टी काममा लागे, देश दौडाहामा निस्किए ।

विभाग गठन अलपत्र परेपछि नेताहरू कामविहीन भएका थिए । झन्डै दुई दर्जनको हाराहारीमा रहेको भ्रातृ संस्थाको महाधिवेशन समयमा गराउन नसक्दा पनि नेताले उचित जिम्मेवारी नपाउने र यसकै आधारमा तलैसम्म नेता–कार्यकर्ता परिचालित नहुने समस्या कांग्रेसले भोगेको छ । पार्टी सभापति शेरबहादुर देउवानिकट नेता रमेश रिजाल पनि तोकेर जिम्मेवारी नदिँदा पार्टी लथालिंग हुँदै आएको बताउँछन् । ‘अहिले होइन, बिपी कोइरालादेखि नै समयमा काम नहुँदा पार्टी लथालिंग हुँदै आएको हो,’ रिजाल भन्छन्, ‘सभापतिमा देउवाजी आएपछि रातारात हुन्छ भन्ने पनि होइन । तर, अब बिस्तारै गति लिन्छ ।

भ्रातृ संस्थाको अधिवेशनले त्यो देखाएको छ ।’ पार्टीले तोकेरै विभागीय जिम्मेवारी दिएको भए तलैसम्म संस्थागत रूपमा पार्टी सक्रिय हुने र यसको फाइदा सिंगो पार्टीलाई हुने उनको भनाइ छ । ‘जिम्मेवारी दिइयो भने संस्थागत रूपमा नेताले काम गर्छ नत्र व्यक्तिगत रूपमा काम गर्न बाध्य हुन्छ,’ रिजाल भन्छन् । त्यसैले संस्थागत जिम्मेवारी दिएर नेताहरूलाई सक्रिय र जिम्मेवार बनाउनुपर्ने उनले बताए । विभाग गठन नहुँदा समस्या कांग्रेसमा विभाग गठन गरी यसकै मातहतमा गाउँसम्म संगठन गरिँदै आएको छ । अर्थ, परराष्ट्रजस्ता महŒवपूर्ण विभाग प्रभावकारी मानिन्छन् ।

सुशील कोइराला सभापति हुँदै गर्दा केही विभागमा संयोजक तोकिए पनि छलफल नै नगरिएको भन्दै देउवा पक्षले असन्तुष्टि जनाउँदा त्यत्तिकै विभाग अलपत्र पर्न पुगे । संयोजकमा लफडा भएपछि सदस्य थपिने र गाउँ तहसम्म कार्यक्रम पुग्न सकेनन् । नेताहरू व्यक्तिगत पहलमा गाउँ जाने, आफैँ विदेशीसँग भेटघाट गर्नेजस्ता गतिविधि गर्न बाध्य भएका हुन् । १३औँ महाधिवेशनपछि पनि उस्तै १३औँ महाधिवेशन भएको ६ महिना बितिसकेको छ ।

तर, केन्द्रीय नेताहरूले विभागीय जिम्मेवारी पाउन सकेका छैनन् । विधानअनुसार दुई महिनाभित्र पूर्णता दिनुपर्ने विभाग अझै गठन हुन सकेका छैनन् । ६ महिना पुग्न लाग्दा ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने र नेपाल विद्यार्थी संघको महाधिवेशन गर्नेभन्दा अरू काम सभापति देउवाले अघि बढाउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

माओवादी केन्द्रका ‘बेरोजगार’ नेता

माओवादी केन्द्रका केही प्रभावशाली नेतासहित केन्द्रीय कार्यालयका अधिकांश नेता उपयुक्त जिम्मेवारी नपाएकाले बेरोजगार बन्न पुगेका छन् । अघिल्लो सरकारमा सहभागी मन्त्री मात्र होइन, बुढ्यौली उमेरमा पनि सक्रिय जिम्मेवारीको खोजी गरिरहेका नेताहरूलाई के काम दिने भन्नेमा माओवादी केन्द्रले निर्णय लिन सकिरहेको छैन ।

पार्टी एकतापछि बनेको भद्रगोल संगठन र संस्थागत नीति निर्माण हुन नसक्दा प्रभावशाली भनिएकै कतिपय नेता कामविहीन भएका हुन् । कतिपयले भने दोहोरो भूमिका पाएका छन् । काम नपाएका नेताहरूले भने पार्टीले आफूहरूको क्षमताअनुसारको उपयुक्त जिम्मेवारी दिन नसकेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । केन्द्रीय कार्यालयकै नेताहरू बेरोजगार माओवादीको ३३ सदस्यीय केन्द्रीय कार्यालयमा अहिले २३ जना नेता छन् ।

तर, केन्द्रीय कार्यालयमै रहेका कतिपय नेताहरू कार्यकारी भूमिकामा छैनन् । संगठन विभाग प्रमुख, प्रदेशका इन्चार्जहरूबाहेक अन्य नेताहरूको खासै प्रभावकारी भूमिका नरहेको नेताहरू स्वीकार गर्छन् ।

पार्टी अध्यक्षसहित केन्द्रीय कार्यालयका नेताहरू कृष्णबहादुर महरा र जनार्दन शर्माले मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अघिल्लो केपी ओली सरकारमा सहभागी शक्ति बस्नेतबाहेक अन्य नेतालाई माओवादीले पार्टी कामको जिम्मेवारी दिएको छैन । केही नेतालाई संगठन विभाग र सरकार सञ्चालन सहयोग समितिमा राखिए पनि अग्नि सापकोटालाई कुनै जिम्मेवारी दिइएको छैन । ‘

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share