मङ्लबार, माघ ११, २०७८

कांग्रेस महामन्त्री कोइरालाको स्वस्थ्यमा अपेक्षाकृत सुधार

२३ असार २०७३, बिहीबार १०:०३

काठमाडौं, २३ असार । अकस्मात अस्वस्थ्य भएर चावहिलमा रहेको ओम अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छ ।आज बिहान भने चिकित्सकको टोलीले अपेक्षाकृत सुधार भएको पाएको हो ।

भेन्टिलेटरमा राखेको २४ घण्टा पछि डा कोइरालाको स्वास्थ्यमा सुधार भएको उपचारमा संलग्न चिकित्सहरुले जनाएका छन् । विहीबार बिहान डा. कोइरालालाई भेटका उनका स्वकीय सचिव भरत तिवारीलाई महामन्त्री कोइरालाले चिनेको र आँखाबाट आँसु खसालेर रोएको तिवारीले जानकारी दिए ।

कांग्रेस नेता डा शेखर कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार उनको स्वास्थ्यमा बुधबार  भन्दा विहीबार निकै सुभार भएको छ । उनी अहिले पूरै होसमा भएको र सामान्य कूराकानी समेत गर्न थालेको साथै अहिले चिकित्सक र पारिवारिक सदस्यहरूलाई मात्रै भेटघाट गर्न दिईएको जनाएका छन् । मंगलबार साँझ ८ बजे उपचारका लागि गएका कोइरालालाई बुधबार बिहान गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २४ घण्टासम्म पर्ख र हेरको अवस्थामा रहेका डाक्टरहरुले कोइरालाको स्वास्थ्यमा आएको सुधारलाई सकारात्मक रुपमा लिएका छन्। चिकित्कहरुले कोइरालाको ब्लड प्रेसर सामान्यतर्फ उन्मुख भएको बताएका छन्।

उपचारमा संलग्न चिकित्सकहरुले विहान उनलाई वोलाउँदा आँखा खोलेको, टाउको उठाउने प्रयास गरेको, खुट्टामा सामान्य चाल देखिएको बताएको उपचारमा संलग्न चिकित्सक डा लवनरसिंह जोशीले उदृत गर्दै अर्का थपलियाले जानकारी दिए । चिकित्सकहरुका अनुसार हृदयगतिदेखि रक्तचाप सबै सामान्य हुँदै गएको छ । औषधिको मात्रा पनि घटाउँदै लगिएको छ। तर चिकित्सकहरुले भेन्टिलेटरमा राखिरहेको अवस्थालाई गम्भीर नै मान्नुपर्ने भएकाले धेरै नै सामान्य भएको भनेर भन्न नमिल्ने पनि बताएको तिवारीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share