बुधबार, माघ ५, २०७८

कांग्रेसका बरिष्ठ नेता पौडेल र जापानी राजदुत ओगवा बीच भेटवार्ता

२३ असार २०७३, बिहीबार १०:२१

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदुत मासासी ओगवाका बीचमा भेटवार्ता भएको छ । भेटवार्ताका लागि पौडेल निवास बोहोराटारमा भएको जापानी राजदुत मासासी ओगवाका बीचमा संविधान कार्यान्वयन, भुकम्पपछिको पुर्ननिर्माणका बिषयमा छलफल भएको थियो ।

भेटवार्तामा जापानी राजदुत मासासी ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए । बरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन चुनौतीपुर्ण भएपनि नेपाली कांग्रेसले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको जानकारी गराएका थिए ।

भेटमा जापानी राजदुत मासासी ओगवाले भुकम्प प्रतिरोधात्मक घरहरुको निर्माणका लागि दक्ष जनशक्ती उत्पादन गर्न सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमार्फत धादिङमा नौ सय जनालाई तालिम दिन लागिएको जानकारी गराए । बिनाशकारी महाभुकम्पका जापान सरकारले त्रिपाल र कम्बल, डिजाष्टर रिलिफ टिम र डिजाष्टर मेडिकल टिम समेत पठाएर सहयोग गरेको थियो ।

जापान सरकारले सुरक्षीत बस्ती निर्माण गर्न र भुकम्प सम्बन्धी जापानको अनुभवका साटासाट गर्ने बारेमा पनि छलफल भएको बताइएको छ ।  भेटवार्तामा राजदुत मासासी ओगवाले बरिष्ठ नेता पौडेललाई जापान सरकारका तर्फबाट जापान भ्रमणको निम्तो दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share