बिहिबार, माघ ६, २०७८

काँग्रेसको विरोधपछि संसद्को बैठक पुनः स्थगित

१७ जेष्ठ २०७३, सोमबार १३:१८

काठमाडौँ, १७ जेठ । व्यवस्थापिका–संसद्को दोस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण पुनः स्थगित भएको छ ।

आधा घन्टाका लागि स्थगित भएको सदनको बैठक दोस्रोपटक सुरु भएपछि सभामुख ओनसरी घर्तीले नेपाली काँग्रेसका नेता रमेश लेखकलाई बोल्न दिए । उनले बजेटका महत्वपूर्ण जानकारी पत्रपत्रिकामा पुगेका कारण सेयर बजारमा असर परेको भन्दै सो विषय गम्भीर अपराध भएको बताए ।
व्यवस्थापिका–संसद्को क्षेत्राधिकारको विषय रहेको बजेटअगावै बाहिरिनु संसदीय मर्यादा र गरिमा विपरीतको विषय रहेको भन्दै उनले तथ्य र तथ्याङ्क बाहिर जानु न्यूनतम् मर्यादा विपरीतको विषय रहेको उल्लेख गरे ।
यसअघि बजेट चुहिएको विषयमा सदनले नै सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा छानबिन समिति गठन भएको उल्लेख गर्दै उनले भने – “बजेटको सूचना बाहिर जानु गम्भीर विषय भएको प्रतिवेदन उक्त समितिले दिएकाले सो आधारमा पनि सरकारले प्रस्तुत गरेको व्यवहार पनि गलत छ । यसलाई तत्काल सच्याउनु जरुरी छ ।”
सांसद लेखकले बजेट बाहिर गएको विषयमा छानबिन नहुँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जानकारी गराएपछि काँग्रेसका सबै सांसद आशनबाट उठे । काँग्रेसको विरोधपछि व्यवस्थापिका–संसद्को अर्को बैठक १३ः३० बजे बस्ने गरी सभामुख घर्तीले स्थगित गरिन् । रासस

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share