आइतवार, असार १९, २०७९

काँग्रेसको आँखा पार्टी सुदृढीकरणमा हुनुपर्छ – कोइराला

२० असार २०७३, सोमबार १८:३२

काठमाडौँ, २० असार । नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले अहिले काँग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान लगाउनुपर्ने बताए ।

आज रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान अवस्थामा संविधान कार्यान्वयन नै मुलुकको पहिलो आवश्यकता भएकाले यसैमा जोड दिनुपर्ने बताउँदै त्यसपछि आउने निर्वाचनका लागि पार्टी तयार हुनुपर्ने धारणा राखे ।

नेत्री कोइरालाले नेपालमा कुनै सरकारलाई पनि पूरा अवधिसम्म काम गर्न नदिएका कारण अस्थिरता आउने गरेको बताउँदै वर्तमान सरकारले निरन्तरता पाउनुपर्ने धारणा राखे ।पूर्वउपप्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसलाई समेत साथमा लिएर मुलुकलाई निकास दिन आग्रह गरे  ।

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नभएकाले यसै सरकारको निरन्तरताको विकल्प नभएको धारणा राखे । उनले काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई राष्ट्रिय सहमतिको सरकार बनाएर देखाउन चुनौती दिँदै भने, “कसैले राष्ट्रिय सहमतिको सरकार बनाएर देखाए एमाले एक मिनेट पनि सरकारमा बस्दैन, प्रतिपक्षमा बस्न तयार छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले सबैभन्दा ठूलो पार्टी काँग्रेसलाई बाहिर राखेर संविधान कार्यान्वयन र मुलुकका विद्यमान समस्या समाधान नहुने बताउदै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता आफूहरुले महसुस गरेको बताए ।  रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share