शुक्रबार, कार्तिक ५, २०७८

कलाकार सञ्जितको ‘आस्था’ सम्पन्न

२९ भाद्र २०७३, बुधबार ०७:५२

काठमाडौँ, २९ भदौ । एक हप्तादेखि चलेको कलाकार सञ्जित महर्जनको एकल चित्रकला प्रदर्शनी ‘आस्था’ मंगलबार सम्पन्न भएको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनीमा भएको कलाकार महर्जनको दोस्रो एकल चित्रकला प्रदर्शनीमा धार्मिक आस्था मुख्य विषयका रुपमा रहेको थियो । प्रदर्शनीमा रहेका चित्रकलामा घन्टी, मन्दिर, रथलाई देख्न सकिन्छ । कलाकार महर्जनले आफ्नो धार्मिक आस्था र भावनालाई कलाका माध्यमले चित्रमा उतारेको बताए ।

उनका चित्रमा विविध सांस्कृतिक बिम्ब र प्रतीकलाई कलात्मकरुपमा प्रयोग गरेको पाइन्छ । विशेषगरी उनले चित्रमा काठमाडौँ उपत्यकाका सांस्कृतिक विषय र सम्पदालाई चित्रण गरेका छन् । “मानिस जन्मिँदा उसमा कुनै न कुनै धार्मिक आस्था रहने भएकाले त्यसलाई मैले बिम्बात्मक रुपमा क्यानभासमा उतारेको हुँ”, कलाकार महर्जनले भने । उनले रङलाई गतिशील रुपमा प्रयोग गर्दै आस्थालाई शालीनरुपमा प्रस्तुत गरेका छन् ।

काठमाडौँ विश्वविद्यालय सेन्टर फर आर्ट एन्ड डिजाइनबाट चित्रकला अध्ययन गरेका कलाकार महर्जनले आफ्ना कलाका बारे भने, “मैले मानिसमा रहने आस्थालाई बिम्बको रुपमा प्रयोग गर्दै त्यसमार्फत मानवीय जीवनका मूल्य र मान्यतालाई उतारेको हुँ । मानिसले समाजमा विकास गरेका विविध आस्थालाई साङ्केतिक रुपमा ढालेको हुँ र उनीहरुको जीवनपछि पनि ती आस्थाका प्रतीकका रुपमा राखिएका घन्टी कहीँ न कहीँ रहनेछन् ।”

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share